TodayPati

मधेश प्रदेश : रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु, एक गम्भीर

टुडेपाटी–
रौतहट, पुस ४ गते ।

रौतहटमा रोकिएको अवस्थामा रहेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।

चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

Sponsored

बिग्रिएपछि राजमार्गमा रोकि राखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा रौतहटको गुजरा नगरपालिका–३ सिमरीका २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको तथा घटना बारे थप अनुसन्धान प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *