TodayPati

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ ।

Sponsored

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *