TodayPati

मोनास्टिक स्कुलले रक्तदान कार्यक्रम गरि मनायो आफ्नो ३७ औं वार्षिकोत्सव

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

जनकपुरधामको चर्चित संस्थागत मोनस्टिक आवासिय माध्यमिक विद्यालयले आफ्नो ३७ औं वार्षिकोत्स रक्तदान कार्यक्रम गरेर मनाएको छ । आइतबार दिउँसो आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।

निर्देशक डा.सोनु कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका शिक्षक, कर्मचारी, अभिवाक र सर्वसाधारणको भव्य उपस्थिति थियो ।

Sponsored

राजकुमार महासेठ, मिलन चाम्लिङ, राकेस श्रेष्ठ, शोभा यादव, आशिष् साह, किसन महरा लगायत ४३ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदान गर्नेहरुलाई आयोजकले प्रमाणपत्र प्रदान गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा रात्रिभोज समेत आयोजना गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *