TodayPati

डा. सिके राउत जनमत पार्टी संसदीय दलको नेता

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

जनमत पार्टीको संसदीय दलको नेता अध्यक्ष डा. सिके राउत बनेका छन् । आइतबार काठमाडौंको बुधनगर स्थित जनमतको पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको नेतामा डा. राउतलाई सर्वसहमतिबाट चयन गरिएको हो ।

जनमतका नेता विपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक भने चयन हुन बाँकी छ । त्यसको लागि आज पुनः १० बजे बैठक बस्न लागेको हो । जनमतले प्रत्यक्षमा १ र समानुपातिक तर्फ ५ गरी ६ सिट जितेको छ । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *