TodayPati

धनुषाको ढल्केवरमा १५ बेडको अस्पताल बन्ने

टुडेपाटी–
जनकपुरधाम, पुस २ गते ।

धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने भएको छ । मिथिला नगरपालिका ६ ढल्केवरमा १५ शैयाको अस्पताल बन्न लागेको हो ।

मिथिला नगरपालिकाका नागरिकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पताल स्थापना गर्न लागिएको नगरपालिकाको मेयर महेन्द्र महतोले जानकारी दिए ।

Sponsored

महेन्द्र माध्यमिक विद्यालयको नाउँमा दर्ता कायम रहेको जिल्ला धनुषा साविक ढल्केवर गाविस वडा नं. ५ को कित्ता नं. ७१ को १ विघा चौध धुर क्षेत्रफलको जग्गा मध्ये १३ कठ्ठामा १५ शैया अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएको हो । उक्त अस्पताल निर्माण गर्न डि.पि.आर. तयार गरेर मेयर महतोले मन्त्रालयमा दबाब दिएपछि सहमति दिएको हो ।

१५ बेडको आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि मन्त्रालयको सचिवस्तरको बैठकबाट सहमति दिएको निर्णय गरेको मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जनाए ।

यस अघि मिथिला नगरपालिका ७ मा ट्रामा सेन्टर निर्माणको काम अगाडि बढाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *