TodayPati

सर्लाहीमा गोली लागेका सशस्त्र प्रहरीका जवान काठमाडौँ रिफर

टुडेपाटी–
सर्लाही, पुस २ गते ।

सर्लाहीमा गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवानलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।

शुक्रबार साँझ सर्लाहीको रामनगर गाउँपालिका–७, मा गोली लागेर घाइते भएका सशस्त्र प्रहरी जवान ३२ वर्षीय सुरेश साहलाई थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाडौँ पुर्याइएको छ ।

Sponsored

प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहान उनलाई काठमाण्डौं पुर्याइएको हो । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएपछि बाहिर निस्कने क्रममा साहमाथि गोली प्रहार भएको थियो ।

सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो भने दुईजना फरार भएका छन् ।

सर्लाहीका एसपी प्रवीण पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *