TodayPati

महोत्तरीबाट नेपाली नक्कली नोटसहित भारतीय युवक पक्राउ

टुडेपाटी-
महोत्तरी, पुस २ गते ।

महोत्तरीबाट नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार राज्य सितामढी जिल्ला भदियन ग्रामपञ्चायतका २१ वर्षीय रमणकुमार चौधरी छन् ।
उनलाई एक हजार दरको ११ वटा नक्कली नेपाली नोटसहित पक्रउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।

उनलाई जलेश्वर नगरपालिका ३ मलिवारा स्थित अब्दुल अन्सारीको कठेरा पसलमा नेपाली नोट साट्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *