TodayPati

धनुषाबाट स्रोत नखुलेको २४ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

टुडेपाटी–
जनपकुरधाम, मंसिर २७ गते ।

धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी १ मंदिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

Sponsored

धनुषाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्यांकी भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार बरामद भएको हो ।

यस्तै सशस्त्र प्रहरीले मोटरसाइकलको दुईलाख मुल्यांकन गरी रुपैयाँ र पक्राउ परेका युवकलाई भन्सार कार्यालय जनकपुरधाममा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *