TodayPati

मधेश प्रदेश : १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

टुडेपाटी–
सिरहा, मंसिर २७ गते ।

प्रहरीले सिरहाको विभिन्न स्थानमा अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो।

Sponsored

सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *