TodayPati

धनुषामा काढा बनाउने विषयमा झगडा हुँदा श्रीमतीको हत्या

टुडेपाटी–
जनकपुरधाम, मंसिर २६ गते ।

धनुषामा काढा बनाउने विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका ५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता कुमारी यादवको हत्या आरोपमा ३२ वर्षीय श्रीमान विरेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

प्रहरी घटनाको अनुसन्धान गर्दै जाँदा श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

श्रीमान र श्रीमतीबीच घरायसी कुराहरूलाई लिएर पहिला देखिनै विवाद हुँदै आएकोमा घटनाको दिन रितालाई काढा बनाई दिन भन्दा उनले इनकार गरेपछि सोही विषयमा दुबैजनाबीच झै–झगडा भएको थियो ।

झै–झगडा हुँदा घरमा रहेको सानो बन्चरोले रिताको टाउको तथा अनुहार भागमा काटेर हत्या गरेको खुलेको हो ।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *