TodayPati

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

टुडेपाटी–
काठमाडौँ, मंसिर २६ गते ।

श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको आरोपमा अर्घाखाँचीमा एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।

Sponsored

शुक्रबार साँझ झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफ्नो पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए ।

यस सम्बन्धमभा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *