TodayPati

आज पनि हवाहुरीसहित वर्षा हुने, कहिलेसम्म यस्तो ?

टुडेपाटी

जनकपुरधाम, बैशाख १४ गते ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ ।

Sponsored

देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा रातिसम्म मेघगर्जनसहित हुरीवतास र असिनासहितको वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

उक्त वायुकै प्रभावले अहिले मुलुकका केही ठाउँमा बदलाव भइरहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे भइरहेको वर्षाको यो क्रम आउँदो मंगलबारसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *