TodayPati

अस्पतालले कोरोनाबाट मृत्यु भैसकेको घोषणा गरेकी महिलाले बहिनीलाई फोन गरेपछि ….

एजेन्सी

बैशाख १४ गते ।

ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा अस्पतालले कोरोना संक्रमणका कारण मृत घोषणा गरेकाे एक महिला  जीवितै रहेको पाइएकाे छ। 

Sponsored

कोरोना संक्रमित ७४ वर्षकी अल्बा मारुरीलाई अस्पतालले मृत घोषित गरेको भए पनि उनी जीवितै फेला परेकी हुन्। 

यतिसम्मकि अस्पतालले परिवारका सदस्यलाई उनको अस्तु (खरानी) नै भनेर पठाइसकेको थियो।

तर ३ हप्ता कोमा बसाइपछि बिहीबार उनी बिउँझिइन् र आफ्नी बहिनीलाई फोन गरिदिन डाक्टरसँग आग्रह गरिन्। 

Sponsored

यस्तो थाहा पाएपछि उनको परिवारको खुसीको सीमा रहने कुरै भएन। 

यता अस्पतालले पहिचानमा भूल हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरेर आफूबाट गम्भीर गल्ती भएकाे भन्दै माफी मागेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *