TodayPati

मधेश प्रदेश : पोखरीमा डुबेर युवकको मृत्यु

टुडेपाटी–
सर्लाही, कार्तिक २८ गते ।

सर्लाहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

आइतबार साँझ आश्रम परिसरको पोखरीमा डुबेका दर्लामीको मानसिक अवस्था ठीक नभएको बताइएको छ ।

शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *