TodayPati

सर्लाहीमा लुटपाट गर्न पुगेका लुटेराद्वारा सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २ गते ।

सर्लाहीमा लुटपाट गर्न गएका लुटेरा समूहले सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार गरेका छन् ।

जिल्लाको बागमती नगरपालिका १, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले अज्ञात समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको बताए ।

यस घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *