महोत्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु
टुडेपाटी–
महोत्तरी, कार्तिक १ गते ।
महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अंकित ठाकुरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अंकित एक्कासी पोखरीमा डुबेको थियो । उनलाई तत्कालै पोखरीबाट निकालेर प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो ।
अस्पताल पुर्याउनुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बालकको शवको पोष्टमार्टम् गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Sponsored