TodayPati

मधेश प्रदेश : ५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

टुडेपाटी–
वीरगञ्ज, असोज ३१ गते ।

जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सोमबार अख्तियारको हेटौडा कार्यालयको टोलीले प्रशासन कार्यालयकोको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

Sponsored

सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

१६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *