TodayPati

धनुषा ४ : कसको पल्ला भारी ?

टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।

धनुषा निर्वाच क्षेत्र नं. ४ प्रतिनिधि सभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार फेरि चुनावी मैदानमा उत्रेका छन् । सत्ता गठन्धन काँग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवले उम्मेदावरी दिएका छन् । त्यसै चर्चित हास्य कलाकार कृष्ण महतो पनि स्वतन्त्र उम्मेदवार छन् ।

सत्ता गठबन्धन प्यानलसहित एका तिर छ । विपक्षी गठबन्धनमा कुरा नमिलेपछि एमाले र जसपा प्रदेश क्षेत्रसम्मै आफ्नो उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख)मा एकीकृत समाजवादीका सत्रुधन महतो उम्मेदावर छन् । वन उद्यागेग पर्यटन प्रदेश मन्त्री समेत रहेका सत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित निवर्तमान प्रदेश सांसद हुन् ।

Sponsored

एमालेले प्रदेश (क) मा काँग्रेबाट प्रवेश गरेका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ । जसपाले प्रदेश (क) मा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उम्मेदवार बनाएको छ । ज्ञानेन्द्र (क) का प्रत्यक्ष निर्वाचित निवर्तमान प्रदेश सांसद समेत हुन् ।

प्रतिनिधि सभामा क्षेत्रमा एमालेका उम्मेदवार रघुवीर यस क्षेत्रका प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् । एमाले सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री रघुवीरसंग २०७४ को निर्वाचनमा बर्तमान सत्ता गठबन्धनका काँग्रेस सह महामन्त्री महेन्द्र र जसपा महाजनसंग कडा चुनावी प्रतिस्पर्धा भएको थियो । महासेठ प्रतिनिधिसभा सदस्यमा २२ हजार ५३२ मत ल्याएर महेन्द र महाजनलाई पराजित गर्दै जित हात पारेका थिए । रघुवीरका निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए भने थोरै मात्र कम महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका थिए । यो चुनावमा पनि यी तीनै उम्मेदवार दोहरिएपछि कडा चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

गत स्थानीय चुनावको आधारमा विश्लेषण गरिने हो भने यो क्षेत्रमा काँग्रेस बलियो देखिन्छ । धनुषा क्षेत्र नं. ४ अन्तर्गत पर्ने पाँचवटा पालिका मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नरपालिकाको बहुसंख्यक वडा पनि जितेको छ । एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरको वडा नं. ८ र ९, मिथिला विहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९,१३,१४,१९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ ।

Sponsored

यो क्षेत्रमा पर्ने ४२ वटामा पार्टीका वडाध्यक्षहरुले पाएको मतको आधारमा अलि कम बढी काँग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ । यधपी काँग्रेस पहिलो दलको रुपमा छ । थोरै मात्र मतले एमाले दोश्रोमा छ । काँग्रेसले २६ हजार १५९ र एमालेले २४ हजार ३९४ मत पाएको छ । तेश्रोमा जसपाले ८ हजार ३८८, चौथोमा एकीकृत समाजवादीले ८ हजार १६४ र क्रमशः माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले १९५० मत पाएको चुनावी तथ्यांक छ । गत स्थानीय चुनावी मतको आधारमा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र अन्य भन्दा शक्तिाशाली देखिन्छन् । काँग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार ९९२ मत सत्ता गठबन्धनसंग रहेको हिसाब छ । एमाले र जसपाको अलग अलग प्रतिस्पर्धाले चुनाव जित्न महेन्द्रलाई सहज हुने विश्लेषण पनि हुने गरेको छ ।

महेन्द्रले स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार ठान्छन् । ‘काँग्रेसले पाँच पालिका मध्ये साढे ४ वटा जितेको छ । एकलै ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष छ । गठबन्धनको मत जोड्दा एमाले भन्दा करिब दोब्बर हुन्छ । यो नै मेरो जितको बलियो आधार हो’ उनले भने ।
उनले विगतमा यस क्षेत्रबाट जितेका महासेठ भन्दा आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गरे । ‘जनता नजिकबाट मलाई चिन्छ्न् बुझ्छन् । म सानैदेखि दुख ररेर नेता भएको हुँ । जनसम्र्क राम्रो छ । मेरो प्रतिस्पर्धी रघुवीर सामन्ती स्वभावका हुन् । राजनीतिलाई धन्धा बनाएका छन् । श्रीमान श्रीमती दुबै मन्त्री हुँदा राम्रो काम गर्न सकेनन् । जनतामा राम्रो छाप छैन । नागरिकता मधेशको ठूलो समस्या छ । तर उनी विरुद्धमा छन्’ पूर्व मन्त्रसमेत रहेका उम्मेदवार महेन्द्रले भने ‘जनताले रघुवीरको विकल्प चाहन्छन् । यस कारण जनताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु ।’

तर, स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने जसपाका उम्मेदावर महाजनको दावी छ । उनले विगतमा रघुवीर र महेन्द्र सांसद मन्त्री हुँदा समेत जनभावना अनुसार काम विकास गर्न नसकेकाले यसपटक आफूलाई जनताले रोज्ने उनको भनाइ छ । ‘म विगतमा झिनो मतले मात्र पराजित भएको थिए । रघुवीर र महेन्द्रलाई जनालाइ्र्र जनताले नजिकबाट चिनेका छन् । पटक पटक सांसद मन्त्री हुँदा समेत जनअपेक्षा अनुसार काम गर्न सकेनन । उनीहरुप्रति जनतामा वितृष्णा छ’ महाजनले भने ‘म लामोसमयदेखि जनतामा भिजेको नेता हुँ । ममाथि जनताको ठूलो विश्वास र भरोसा छ । विगतमा झिनो मतले मात्र पराजित भए । यसपटक जनताले ठूलो मतान्तरले जिताउछ । म आशावादी छु ।’


रघुवीरले आफू मन्त्री हुँदा यो क्षेत्रमात्र थुप्रै सकड कालोपत्रे, खोलाहरुमा पुल लगायतको विकास निर्माण गरकोलाई जितको बलियो आधार ठान्छन् । ‘पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो । तर म निर्वाचित भएपछि छोटो समयमै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे । एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन । त्यसैले मप्रति जनताको ठूलो विश्वास छ । यो नै मेरो जित्ने बलियो आधार छ’ उनले भने ।

स्थानीय तहमा पनि काँग्रेस भन्दा थोरै मत मात्र एमालेको आएको र सत्ता गठबन्धनका काँग्रेस तथा एकीकृत समाजवादीबाट ठूलो संख्यामा प्रभावशाली नेताको विद्रो भएकोले आफू जित्ने दोश्रो आधार रहेको रघुवीरको दावी छ ।

स्थानीय चुनावमा दलहरुले पाएको नतिजालाई चुनावको मुखमा केही प्रभावशाली नेताले गरेका दलबदलले असर पार्ने सम्भावना प्रवल छ । जसपाले टिकट नदिएपछि विद्रोह गरेर काँग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायाण यादवको कारण जसपालाई ठूलो क्षति हुने र काँग्रेसलाई फाइदा पुग्ने विश्लेषण भइरहेको छ । काँग्रेसलाई पनि यो क्षेत्रमा सन्तोष एमालेमा प्रवेश गर्दा क्षति पुगेको छ । तर उनी निस्किँदा शेषनारायणको प्रवेशले त्यसको मेन्टन गरेको काँग्रेसको बुझाइ छ । उत्ता एकीकृत समाजवादीका सोमप्रसाद शर्माको प्रवेश र सन्तोष यादवको प्रवेशले एमाले फाइदा पुगेको छ । चुनावमा विगत झै त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन छ । यधपी रघुवीर र महाजनका लागि भने महेन्द्र चुनौती देखिन्छन् ।

तीनै उम्मेदवारको बीचमा यस क्षेत्रका चर्चित हास्य कलाकार कृष्णकुमार महतोको उम्मेदवारीले चुनाव झन् रोचक हुने सम्भावना बढेको छ । उनी पनि प्रभावशाली युवा उम्मेदवारका रुपमा मानिन्छन् । उनको उम्मेदवारीले उत्तरी क्षेत्रमा सत्ता गठबन्धन र काँग्रेस ससंकित छन् । कृष्णाले महेन्द्र र रघुवीरको बढी मत तान्ने चर्चा छ । युवा पुस्ताका मतमा पनि कृष्णाको राम्रो पकड रहेको समाजिक अप्रत्यासित रुपमा भइरहेको उनको प्रचार प्रसारले देखिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “धनुषा ४ : कसको पल्ला भारी ?

  • October 15, 2022 at 8:10 pm
    Permalink

    राजनितिक विकृतिलाई विचार गर्ने हो भने यसपालीको प्रतिनिधी सभा सदस्यको मतका लागि बहाल वाला भन्दा नयॅा अनुहार अझ हास्य कलाकार नै उत्तम हुन की ?

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *