मधेश प्रदेश : दुई महिनामा १७ करोड भन्दा बढीको सामान बरामद
टुडेपाटी-
जनकपुरधाम, असोज १३ गते ।
मधेश प्रदेश प्रहरीले दुई महिनामा १७ करोड ३९ लाख २ हजार ७४७ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा प्रदेशको विभिन्न जिल्लाबाट १७ करोड भन्दा बढीको सामानसहित ५१ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
प्रहरीले ४ करोड २१ लाख बराबरको किराना सामान, ६ करोड ४७ लाख बराबरको सवारी साधन र पार्टपुर्जा नियन्त्रणमा लिएको छ । यस्तै कपडा, सुन चाँदी, विधुतिय सामाग्री लगायतका सामान बरामद गरिएको छ ।