TodayPati

मधेश प्रदेश : दुई महिनामा लागूऔषधसहित २४७ जना पक्राउ

टुडेपटी–
जनकपुरधाम, असोज ११ गते ।

मधेश प्रदेशको विभिन्न स्थानबाट दुई महिनामा २४७ जना पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षको दुई महिनामा आठवटै जिल्लाबाट २३५ जना पुरुष र १२ महिला लागूऔषधसहित पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार निम्सिनाले जानकारी दिए ।

Sponsored

यस्तै प्रहरीले यस अवधिमा लागूऔषध गाँजा ८२० केजी ७२८ ग्राम, डाईलेक्स डिसी ५९ लिटर, ब्राउन सुगर २५० ग्राम, ट्याब्लेट १४ हजार २८२ पिस, चरेस १५ किलो ८०९.१७० ग्राम, इन्जेक्सन २३ हजार ७ सय र हिरोईन ५९ ग्राम २०२ मिलिग्राम बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *