TodayPati

मधेश प्रदेश : चुरे संरक्षण गर्न अनुसन्धान केन्द्र स्थापना

टुडेपाटी–
महोत्तरी, असोज ९ गते ।

महोत्तरीको बर्दिबासमा मधेश प्रदेश स्तरीय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विशिष्टिकृत अनुसन्धान केन्द्र (ज्ञान केन्द्र) स्थापना गरिएको छ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पहलमा केन्द्र स्थापना भएको हो।

Sponsored

गत बिहीबार पोखरेलले केन्द्रको उद्घाटन गरेका छन्। बर्दिबास (३, गौरिडाँडास्थित उज्यालोटारमा कार्यालय रहनेगरी ज्ञान केन्द्र स्थापना गरिएको हो।

नास्टका प्राडा पारसनाथ यादवको अध्यक्षतामा नौ सदस्यीय कार्यालय व्यवस्थापन समितिसमेत गठन गरिएको समितिका विज्ञ सदस्य नागदेव यादवले जानकारी दिए।

नागदेव यादव लामो समयदेखि बर्दिबासमा सामुदायिक विकास तथा पैरवी मञ्च संस्थामार्फत चुरे संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ता हुन्। चुरे संरक्षणको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै सरकारले यस वर्ष उनलाई जनसेवाश्री पदकसमेत प्रदान गरेको छ।

Sponsored

सरकारी तथ्यांकअनुसार हाल नेपालमा ४० देखि ५० लाख नागरिकको बसोबास चुरे क्षेत्रमा छ। देशका ३६ वटा जिल्लामा फैलिएको चुरे क्षेत्रमा ७२ प्रतिशत जंगल छ भने यसले नेपालको कूल भूभागको १३ प्रतिशत क्षेत्र ओगटेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *