TodayPati

मधेश प्रदेश : म्यादी प्रहरीका लागि एक सातामै ५८ हजार भन्दा बढीको आवेदन

टुडेपाटी–
जनकपुरधाम, असोज ६ गते ।

म्यादी प्रहरीका लागि मधेश प्रदेशमा एक सातामै ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृहमन्त्रालयले असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि विज्ञापन आह्वान गरेकोमा एक दिन बाँकी रहेको समय यति संख्यामा आवेदन परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

Sponsored

प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार एक साताको अवधिमा बारामा सबैभन्दा बढी ९ हजार ४५२ जनाले म्यादी प्रहरीका लागि दरखास्त भरेका हुन्।

यस्तै सप्तरीमा ७ हजार ९९२, सर्लाहीमा ७ हजार ७२०, रौतहटमा ७ हजार ४६७, धनुषामा ६ हजार ९ सय, पर्सामा ६ हजार ५४८, महोत्तरीमा ६ हजार ४८४ र सिरहामा ६ हजार १२५ जनाले म्यादी प्रहरीका लाग दरखास्त भरेको प्रवक्ता तिम्सिनाले जानकारी दिए।

दरखास्त दिनेहरुमध्ये १० हजार ८४८ जना महिला र ४७ हजार ८४० जना पुरुष रहेका छन्।

Sponsored

म्यादी प्रहरीका लागि दरखास्त दिने आज अन्तिम दिन रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *