TodayPati

महोत्तरीको मटिहानीमा २८ लाखको लागतमा प्रवेशद्वार निर्माण

टुडेपाटी–
महोत्तरी, असोज १ गते ।

महोत्तरीको मटिहानी बजारको सुन्दरतालाई बढाउन मटिहानी नगरपालिकाले २८ लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको छ।

मटिहानी क्षेत्रकै पुरानो बजारलाई ऐतिहासिकता जोगाउनका निम्ति आर्थिक वर्ष २०७८÷०७९ को नगरस्तरीय बजेटमार्फत सो गेटको निर्माण भएको हो।

Sponsored

नगरप्रमुख हरिप्रसाद मण्डलले यसले मटिहानी बजारको गरिमा र सुन्दरतालाई बढाउन थप मद्दत गर्ने बताए।

नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गर्नका लागि सधैंभरि तत्पर रहने नगरप्रमुख मण्डलले जानकारी दिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *