लागूऔषध गाँजासहित धनुषाका दुई जना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, असोज १ गते ।
प्रतिबन्धीत लागूऔषध गाँजासहित सर्लाहीबाट दुईजना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजासहित शुक्रवार २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ का ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन्।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले प्र २–०२–००५ प २२०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
Sponsored