मधेश प्रदेश : लागूऔषध गाँजासहित एकजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, भदौ २९ गते ।
लागूऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका ९ का ४९ वर्षीय बिरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंगलवार दिउँसो लालबन्दी नगरपालिका ५ स्थितमा स्थानीय घन वहादुर सार्कीको घरमा डेरा लिई वस्ने दिलिप साहको कोठामा चौधरीले लागूऔषध गाँजा ५ किलो ल्याएको सूचना पाएपछि प्रहरीले गाँजासहित उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Sponsored