TodayPati

महोत्तरीमा छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

टुडेपाटी–
महोत्तरी, भदौ २९ गते ।

महोत्तरीको मटिहानी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ ।

छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो ।

Sponsored

वि.सं. २०७६ सालदेखि नै नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने छात्रालाई साइकल प्रदान गर्दै आएको छ ।

मेयर हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित गर्ने बताए। उनले यो कार्य महिला सशक्तीकरणकै एक महत्वपूर्ण पाटो रहेको बताए ।

साइकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढेको विद्यालयका शिक्षक श्रीष मिश्रले बताए ।

Sponsored

मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन् । यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *