मधेश प्रदेश : सुरक्षाकर्मी देखेपछि गाँजा कारोबारी फरार, २ सय ४ किलो गाँजा बरामद
टुडेपाटी–
रौतहट, १३ गते ।
रौतहटमा प्रहरीले लागूऔषध बरामद गर्न सकेपछि कारोबारी फरार भएका छन् ।
जिल्लाको गौर नगरपालिका–२ स्थित बकैया खोला किनारमा सुरक्षाकर्मीलाई देखेपछि गाँजा कारोबारी भागेका हुन् ।
प्रहरीलाई देखेपछि भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा कारोबारीले फालेको २ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।
अस्थायी प्रहरी पोष्ट महादेवपट्टि र सशस्त्र प्रहरीको बेस क्याम्प गौरबाट खटिएको टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए ।
गाँजा कारोबारीहरु १७ वटा प्लाष्टिकको पोकामा लाँदै गरेको गाँजा फालेर भागेका थिए ।
Sponsored
आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएका छन् ।