नेपाल टी–२० वरीयतामा एक स्थान खस्कियो
टुडेपाटी–
काठमाडौँ, भदौ १३ गते ।
नेपाल टी–२० वरीयतामा एक स्थान खस्केको छ ।
आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल नामिबियाभन्दा पछि परेको हो।
सार्वजनिक वरीयतामा नेपाल १५ औँ स्थानमा रहँदा अघिल्लो पटक नेपाल १४ औँ स्थानमा रहेको थियो।
नेपालको अहिले ५१०६ अंक रहँदा नेपालभन्दा पछि रहेको स्कटल्यान्डको ३८२० अंक रहेको छ। नेपालभन्दा अघि रहेको नामिबियाको भने ५३२१ अंक रहेको छ।
वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सोझै छनोटको अवशर झनै कठिन बनेको छ।
Sponsored
२०२४ मा हुने टी–२० विश्वकपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्।