TodayPati

सीडीओ कार्यालय पर्साले बिहान ७ देखि १० बजेसम्म प्रतिलिपी नागरिकता वितरण गर्ने

टुडेपाटी-
पर्सा, भदौ १० गते ।

जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नेपाली नागरिकता वितरण गर्ने कार्य सुरु गरेको छ । शुक्रबारदेखि बिहानको समयमा प्रतिलिपी नागरिकता वितरण गर्ने जनाएको छ ।

प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आजदेखि प्रतिलिपी नागरिकता वितरण गर्ने कार्य बिहान ७ देखि १० बजेसम्म गरिने जनाएको छ ।

Sponsored

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको थेगी नसक्नु भिड भएका कारण प्रतिलिपी लिन समेत दुई तिन दिन लाग्ने गरेकोले सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै प्रतिलिपी नागरिकता दिने समय बिहान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सार्बजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान सातबजेदेखि १० बजेसम्म प्रतिलिपी नागरिकता वितरण गर्ने ब्यावस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *