बारामा लेनदेन मुद्दामा सजाय पाएर फरार प्रतिवादी पक्राउ, जेल चलान
टुडेपाटी-
बारा, भदौ ९ गते ।
जिल्ला अदालत बाराबाट लेनदेन मुद्दामा सजाय पाएर फरार रहँदै आएका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–५ बस्ने भादोलाल साह तेली रहेका छन् ।
पकाउ परेका तेलीलाई जिल्ला अदालतले गत असार ३ गते लेनदेन मुद्दामा एक वर्ष ११ महिना कैद ठहर गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका उनलाई अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको उनले बताए ।
Sponsored