सप्तरीमा मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
शुभ नारायण यादव-
सप्तरी, भदौ ६ गते ।
मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले नवनिर्मित नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराको उद्घाटन गरेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका १ मा ४७ लाखमा दुई कोठे निर्मित विद्यालयको सोमबार एक समारोहबीच मन्त्री साहले उद्घाटन गरेका हुन् ।
विद्यालय निर्माण समितिद्वारा आयोजित कार्यक्रममा मन्त्री साहले शिलालेख पढेर नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराको उद्घाटन गरेका छन् । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा उक्त विद्यालयको निर्माण भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
विद्यालय उद्घाटन समारोहमा स्थानीय लोसपाका युवा नेता सुरेन्द्र यादव, जसपाका विकाश तिवारी, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत दिपेश झा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार यादव, राजविराज नपाका १० का वडाध्यक्ष गंगाराम खंग, लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Sponsored