TodayPati

सप्तरीमा सशस्त्र प्रहरीद्वारा झण्डै १३ करोडको गाँजा बरामद

शुभनारायण यादव-
सप्तरी, भदौ ५ गते ।

पछिल्लोपटक सप्तरीको सीमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि धमाधम अवैध समानहरु बरामद हुन थालेको छ । सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकामा पछिल्लोपटक अवैध गाँँजा तस्करीको प्वान्ट बनेको अवस्थामा सशस्त्र प्रहरीले ७ महिनाको अवधिमा तीन पटकगरी ठूलो परिणाममा गाँजा बरामद गरेको छ ।

नेपालबाट अवैध रुपमा लुकाइछुपाइ भारततर्फ तस्करी गरी लगिदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ठुलो परिणाममा गाँजा बरामद गरेको हो ।

Sponsored

हनुमाननगर कङ्कालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजबाट आजज बिहान ९ पोका अर्थात २४० किलो अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प भारदहका सशस्त्र प्रहरी निरिक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ति टोलीले चेकजाँच गर्ने क्रममा विशेष सुचनाको आधारमा उक्त ठुलो परिणाममा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

पछिल्लोपटक सुनसरी र सप्तरीमा अवैध गाँजा तस्करहरु सक्रिय रहेको अवस्थामा सीमावर्ती नाकामा चेकजाँचमा कडाइ गरेपछि उक्त गाँजा बरामद भएको उनले बताए । त्यस्तै पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजबाट झण्डै तीन पटक गरी कुल ४९० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।

सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडका आएदेखि हालसम्ममा सप्तरीबाट झण्डै १३ करोड मूल्य बराबरको गाँजा बरामद गर्न सफल भएको छ । यस्तै गत असार ७ गतेमा सोही ठाउँबाटै १० लाख २८ हजार मूल्य बराबरको झन्डै १७५ किलो अवैध गाँजा बरामद गरिएको थियो । पुर्व पश्चिम लोकमार्ग अन्र्तगत पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २९२५ नम्बरको मिनि ट्रकलाई शङ्का लाग्दा चेकजाँच गर्ने क्रममा सो मुल्य बराबरको गाँजा बरामद भएको हो ।

Sponsored

यसैगरी गत चैत १२ गते व्याजेबाटै विशेष सूचनाको आधारमा झन्डै ७८ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक खडकाले बताए ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *