TodayPati

करेन्ट लागेर बुवा र छोराको मृत्यु

टुडेपाटी-
काठमाडौं, भदौ ३ गते ।

करेन्ट लागेर नेपालगन्जमा बाबु र छोराको मृत्यु भएको छ ।

आज नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

Sponsored

अटो रिक्सा चार्ज गर्ने क्रममा छोरालाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो ।

शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *