नेपाल आर्ट व्यवसायी संघ महोत्तरीको ११ सदस्यीय कार्यसमिति गठन
टुडेपाटी-
महोत्तरी, भदौ ४ गते ।
आर्ट व्यवसायीको साझा संगठन नेपाल आर्ट व्यवसायी संघले महोत्तरीमा जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
आज आर्ट र छपाइ सम्बन्धी व्यवसाय गर्नेहरूको हकहितको लागि काम गर्ने संघले महोत्तरीमा केदार कार्कीको नेतृत्वमा ११ सदस्य गठन गरेको हो ।
लामो समयदेखि छपाइ र आर्ट समबन्धी कार्य गर्दै आएका कार्कीको नेतृत्वले व्यवसाय र बजार अझ फराकिलो हुने विश्वास लिइएको छ ।
निर्वाचित हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा रुदल कुमार महतो, सचिवमा अजय कुमार महतो, स-सचिवमा खगेन्द्र रातामगर, कोषाध्यक्षमा तेज बहादुर पुलामी र सदस्यहरूमा राजु नेपाली, हेम बहादुर आलेमगर,रामबाबु महतो र अमित सिंह छन् ।
सबैको मागअनुसार नै सर्वसम्मतिमा कार्कीलाई निर्वाचित गर्दै नेपाल कमर्सियल आर्टिस्ट संघ महोत्तरी गठन भएको नेपाल कमर्सियल आर्टिस्ट संघले जनाएको छ । जिल्लामा अहिले झण्डै १५० भन्दा बढी आर्ट व्यवसायीहरू छन् ।
Sponsored