TodayPati

सप्तरी : जनशक्ति अभाव हुँदा सञ्चालनमा आएन लाखौंको स्वास्थ्य उपकरण

टुडेपाटी-
सप्तरी, भदौ ४ गते ।

सप्तरीको एक प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरिएको अल्ट्रासाउण्डसहितको स्वास्थ्य उपकरणहरु प्रयोगविहीन बनेका छन् ।

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज रुपमा सेवा दिन गत आर्थिक वर्षको बजेटबाट खरिद गरेको अल्ट्रासाउण्ड मेसिन, एक्सरे, इसीजी मेसिन जनशक्ति अभावको कारण सञ्चालनमा आएको छैन ।

Sponsored

प्रयोगशालामा खरिद गरिएको अत्याधुनिक हेमाटोलोजी एनालाईजर, बायो केमेस्ट्रि एनालाईजर विद्युतको भोल्टेज नपुग्दा सञ्चालन गर्न समस्या भएको त्यहाँ कार्यरत ल्याब टेक्निसिएन विचद्यानन्द चौधरीले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा थ्रीफेज विद्युत उपलब्ध नरहेको, रहेको विद्युतमा पनि भोल्टेज नपुग्ने र छिनछिनमा अवरुद्ध हुने समस्याले प्रयोगशालामा रहेको उपकरणबाट सेवा दिन असहजत भएको चौधरीको भनाइ छ ।

त्यहाँ चिकित्सकको दरबन्दी रहे पनि कार्यरत डाक्टर बिक्रम महतो दुई वर्षदेखि अध्ययन विदामा रहेको र त्यसको विकल्पमा अन्य डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या रहेको प्रमुख साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *