TodayPati

गौशालाबाट काठमाडौं जाँदै गरेको बसबाट लाखौंको कपडा बरामद

टुडेपाटी-
सर्लाही, भदौ ३ गते ।

महोत्तरीको गौशालाबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेर ल्यएको लाखौंको समान बरामद भएको छ ।

सशस्त्र प्रहरीले सर्लाहीको हरिवनबाट १० लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ ।

Sponsored

प्रदेश.३–०१–००६ ख ०७४४ नम्वरको यात्रुबाहक बसबाट भन्सार छलेर ल्याइएको कपडा बरामद भएको हो ।

बिहीबार साँझ ८ बजेतिर पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, बासाटोल चोकमा बस रोकेर चेकजाँच गर्दा बिलबिजक नभएको १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

प्रहरीले दुई हजार पाँच सय थान टि–सर्ट बरामद गरेको छ ।

Sponsored

आवश्यक प्रक्रिया पूरा गरी कपडा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *