निहारिका प्रकरणमा पक्राउ परेका छैनन् शिवराज
टुडेपाटी–
जनकपुरधाम, भदौ १ गते ।
मंगलबार साँझ निहारिका सिंह राजपुतले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
अदालतबाट सफाइ पाएपछि थुनामुक्त भएका शिवराजलाई अदालतबाट न्याय नपाएको भन्दै निहारिकाले आत्मदाहसम्मको प्रयास गर्दा पुनः पक्राउ परेका हुन्।
तर प्रहरीले भने पक्राउ परेका शिवराजमाथि निहारिकाको मुद्दामा कारबाही अगाडि बढाएको छैन् ।
अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए।
शिवराजले फेसबुकमा जथाभावि लेखेको देखेपछि सोधपुछका लागि बोलाउन खोज्दा उनले प्रहरीमाथि नै अभद्र व्यवहार गरेको प्रवक्ता क्षेत्रीले बताए । यही मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेको उनले बताए ।
Sponsored
निहारिकाले शिवराजले बलात्कार गरेको र बलात्कारपछि जन्मिएको छोरा उनैको भएको आरोप लगाउँदै आएकी छन्। जिल्ला अदालतले बलात्कारको मुद्दामा श्रेष्ठलाई सफाइ दिएपछि निहारिकाले बच्चा र श्रेष्ठको डीएनए परीक्षणको माग गरेकी छन्।