TodayPati

रौतहटमा छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गयो

टुडेपाटी-
रौतहट, साउन ३१ गते ।

रौतहटमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका ९ बस्ने नरेश दासको २० वर्षीय छोरा विशवनाथ दासको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

Sponsored

मृतक दासको नुहाउने क्रममा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए ।

उनको शव पोस्टमार्टमका जिल्ला अस्पताल गौर पठाइएको छ ।

त्यसैगरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–१ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

आफ्नै खेतमा घुम्न गएका यादवको विद्युत पोल ढलेको तारमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *