TodayPati

सप्तरीमा गाउँपालिका कार्यालयबाट गहुँ चोरी गर्ने कर्मचारीसहित ४ जना रंगेहात समातिए

शुभनारायण यादव-
सप्तरी, साउन ३१ गते ।

किसानहरुको लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी समातिएका छन् ।

छिन्नमस्ता गाउँपालिका ६ चाबखारीस्थित रहेको कृषि शाखामा लुकाएर राखिएको गहुँ शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतो चोरी गर्दै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

Sponsored

महतोले विना प्रक्रिया गएराति करिब ९ बजे गाडीमा गहुँ लोड गरिरहँदा स्थानीयले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित प्रहरीलाई जानकारी गराए लगत्तै घटनास्थल पुगेका जनप्रतिनिधिसहित प्रहरी टोलीले चोरी सैलिमा लोड गर्दै गरेको गहूँ, गाडीसहित चोरीमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ ।

करिब एक सय बोरा गहुँको बोरासहित पक्राउ गरिएको चोरीका मुख्य ओरापी भुवनेश्वर महतोसहित चारै जनालाई इलाका प्रहरी कार्यालय सखडामा राति ११ बजे ल्याइएको छ ।

यता वडाध्यक्ष कपिलेश्वर साहले पक्राउ परेको गहुँ गत वर्ष किसानका लागि वितरण गर्न ल्याईएको थियो । जुन पालिकाबाट गत वर्ष केही बोरा लुटिएको थियो । तर, महतोले पुरै गहुँ लुटिएको व्यहोरा पालिकालाई जानकारी दिएका थिए ।

Sponsored

उक्त गहुँ महतो र पूर्वजनप्रतिनिधिकै सेटिङमा कृषि शाखामा ताला बन्द गरेर राखिएको र मौकाछोपी समय समयमा महतोले चोरी गर्दै आइरहेको स्थानीय बताउँछन् ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *