TodayPati

श्रीमानबाटै आगो लगाइएको महोत्तरीकी महिलाको मृत्यु

टुडेपाटी-
महोत्तरी, साउन ३० गते ।

श्रीमानबाटै मट्टीतेल छर्केर आगो लगाइएको महोत्तरीको एकबमहिलाको  उपचारको क्रममा मृत्युु भएको छ ।

करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका-९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी श्रीमती र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएका थिए । गएराति उनको पत्नीको मृत्यु भएको छ।

Sponsored

जिल्लाको रामगोपालपुर नगरपालिका- ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिँठ्यू जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो।

त्यहाँ उनीहरूको उपचार सम्भव नभएपछि प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए।

Sponsored

यता घटनामा संलग्न श्रीमान शङ्करलाई चार दिनअघि प्रहरीले पक्राउ गरिसकेको छ  ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *