नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा राष्ट्रपति विरुद्ध जनमत पार्टीद्वारा प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।
राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सिरहामा जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
दुबै सदनबाट पास भएको नागरिकता बिधेयकलाई राष्ट्रपति बिद्या देवी भण्डारीले आइतबार फिर्ता गरेकी हुन् ।