सिरहामा लागुऔषधसहित २ युवक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, वैशाख ८ गते ।
सिरहामा लागुऔषधसहित २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका-१५ बस्ने २८ वर्षीय वमशंकर कुमार यादव र वडा नं १६ बस्ने १८ वर्षीय गोविन्दकुमार यादव छन् ।
सोमबार बिहान साढे ८ बजेको समयमा सिरहाको विष्णुपुर गाउँपालिका-१ भोला बाबा चौकस्थित ईलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटेको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
बीआर ३२ आर २३३४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध डाईलेक्सडीसी १०० एम एलको ४५ वटा बोतल बरामद भएको डीएसपी घिमिरेले बताए ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
Sponsored