धनुषामा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला
टुडेपाटी-
जनकपुरधाम, साउन १८ गते ।
धनुषामा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका–५ विश्रामपुरस्थित कुलोमा मंगलबार अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।
गहुँगोरो वर्णको खैरो गन्जी र सुन्तोला रङ्गको कट्टु लगाएको तथा तराई मुलका जस्तो देखिने व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलको अध्ययन अनुसन्धान गरी शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
मृत्युको ठोस् कारण खुल्न नसकेपनि छारे (मिर्गी) रोगबाट मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । यद्यपि अनुसन्धान प्रक्रियालाई फराकिलो बनाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।
Sponsored