पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ
टुडेपाटी–
काठमाडौँ, साउन १७ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव घुससहित पक्राउ परेका छन्।
उपसचिव प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
पर्यटन व्यवसायको दर्ताका लागि उनले ६ लाख रुपैयाँ घुस मागेको आरोप छ।
सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार अपराह्न अख्तियारले पक्राउ गरेको स्रोतले जानकारी दियो।
Sponsored