महोत्तरीमा आफ्नै ८ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा काका पक्राउ
टुडेपाटी-
बर्दिवास, साउन १४ गते ।
महोत्तरीमा आफ्नै ८ वर्षीय भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा काका पक्राउ परेका छन् ।
गत साउन १० गते राति करिब १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप पीडित पक्षले लगाएका छन् ।
बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आरोपी काकालई पक्राउ गरेको छ ।
पक्राउ परेका काकाको नाम भने प्रहरीले खुलाएको छैन । २४ वर्षीय आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।
अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
Sponsored
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको डीएसपी रावलले बताए ।
पक्राउ परेका काकालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरिएको छ । यससम्बधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।