जनकपुरधामका मेयर र उपमेयरकालागि एक वर्षमै ३२ लाखभन्दा बढीको फर्निचर खरीद
टुडेपाटी–
जनकपुरधाम, साउन १३ गते ।
जनकपुरधाम उपमहानगरपालिकाले मेयर र उपमेयरको कार्यकक्ष तथा सचिवालयका लागि एक वर्षमै ३२ लाखभन्दा बढीको फर्निचर खरिद गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा उपमहानगरपालिकाले ६५ लाखभन्दा बढी रकम फर्निचर खरिदमा खर्च गर्दा मेयर र उपमेयरकै लागि ३२ लख भन्दा बढी रकम खर्च गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तत्कालिन मेयर लालकिशोर साहको कार्यकक्ष तथा सचिवालयका लागि १९ लाख ३० हजार ६४४ रुपैयाँको फर्निचर खरीद गरेको छ भने उपमेयर रिता कुमारी मिश्रको कार्यकक्ष तथा सचिवालयका लागि १३ लाख ४१ हजार ९९२ रुपैयाँको फर्निचर खरीद गरिएको हो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षका लागि ५ लाख ८४ हजार १६०, वडा कार्यालयहरुका लागि ४ लाख ९४ हजार ६५७ र राम मन्दिरका महन्थको निवासका लागि ४ लाख ८८ हजार ९२६ रुपैयाँको फर्निचर खरीद गरिएको हो ।
Sponsored