जनकपुरबाट श्रोत नखुलेको झण्डै २४ लाख रुपैयाँसहित एक युवक फन्दामा
टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।
जनकपुरधामबाट श्रोत नखुलेको झण्डै २४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९ बस्ने १९ वर्षीय अब्दुल समी रहेका छन् ।
उनको साथबाट प्रहरीले २३ लाख ८९ हजार ४८० नेपाली रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ ५ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी हनुमाननगरबाट खटेको प्रहरी टोलिले जनकपुरधाम उपमहानगरपालिका १२ कुवाँ स्थित महादेब मन्दिर नजिक लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बी.आर.३२ ए.जे.०१७० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा श्रोत नखुलेको सो रकम बरामद भएको हो ।
उनलाई नगद रूपैयाँ सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored