TodayPati

सर्लाहीबाट नक्कली नोटसहित एक भारतीय पक्राउ

टुडेपाटी-
सर्लाही, साउन ९ गते ।

सर्लाहीबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् ।

Sponsored

पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

पासवानको साथबाट ५० हजार रुपैयाँ बरामद गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *