TodayPati

धनुषा : वृद्ध भत्ता लिएर फरार भएका युवक प्रहरीको फन्दामा

टुडेपाटी–
जनकपुरधाम, साउन ६ गते ।

धनुषामा बैँकबाट महिलाको वृद्ध भत्ता लिएर फरार भएका युवक पक्राउ परेका छन् ।

बिहिवार दिउँसो करिब डेढ बजेको समयमा बैँकबाट वृद्ध भत्ता लिएर फरार भएका एक युवकलाई राति ११ बजे नियन्त्रणमा लिइएको छ ।

Sponsored

पक्राउ पर्नेमा जिल्लाको कमला नगरपालिका–२ माचीका २३ वर्षीय सन्तोष कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहिवार दिउँसो विदेह नगरपालिका १ कि ७३ वर्षीया कुम्हिया देवी भिनवार यादव वडा नं. ३ स्थित एनआइसी एसिया बैंकबाट वृद्धा भता निकाल्न गएको बेला ठाकुरले म बैंकको कर्मचारी हो तपाईको चेक बुक ल्याउनु म रूपैया निकाल दिन्छु भनि यादवसँग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ लिएर फरार भएका थिए ।

ठाकुरलाई राति ११ बजे कमला नगरपालिका २ माची स्थित रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

Sponsored

ठाकुरलाई २० हजार नगदसहित नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *