TodayPati

सर्लाहीबाट लागूऔषधसहित २ युवक प्रहरीको फन्दामा

टुडेपाटी-
सर्लाही, साउन ५ गते ।

सर्लाहीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन-९ दनुवारीबाट ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Sponsored

पक्राउ पर्नेमा मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका ३ बस्ने ३५ वर्षीय दीपक खत्री र पछाडि सवार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय विजय लामा छन् ।

पक्राउ परेका दुबैजनाको साथबाट डाइजेपाम ४९५ एम्पुल, फेनारगन ५ सय एम्पुल, स्पासमो प्रोक्सीभोन प्लस १४४ एम्पुल र लेबल र नाम नखुलेको ५ सय एम्पुल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता तथा डीएसपी विजय यादवले बताए ।

प्रहरीलाई देखेपछि भित्री सडकतर्फ भाग्ने क्रममा बुधबार राति उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको उनले बताए । साथै घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *